• २०८३ जेष्ठ २० गते बुधवार

रवि लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका लामिछानेले बुधबार मोदीसँग भेटवार्ता गरेका हुन् ।

लामिछानेसँग भेट गरेपछि प्रधानमन्त्री मोदीले भेटमा साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने चाहनालाई स्वागत गर्दै सो धारणालाई पूर्ण रूपमा समर्थन गरेको उल्लेख गरेका छन् । मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार राष्ट्र भएको उल्लेख गर्दै नेपालको नयाँ सरकारसँग मिलेर दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहकार्य गर्न उत्साहित रहेको बताएका छन् ।

Single Image

लामिछानेले यसअघि मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस