• २०८३ जेष्ठ २० गते बुधवार

संवैधानिक इजलासमा अध्यादेश जारी बारे परेको रिट दरपीठविरुद्धको रिटको सुनुवाइ हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौँ । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल,डा.नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेलसाहितको संवैधानिक इजलास सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

यसअघि जेठ १३ गते सुनुवाइका लागि सोही इजलासमा पेशी तोकिएपनि पछि हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश दिएको थियो ।

अधिवक्ता गीता थापाले अध्यादेश बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । तर,सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेको थियो । त्यसपछि दरपिठविरुद्ध थापाले रिट दायर गरेकी हुन् । अब उक्त रिट दर्ता हुने वा नहुने भन्ने विषयमा संवैधानिक इजलासले निर्णय गर्नेछ ।

निवेदनमा संवैधानिक परिषद काम,कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश २०८३ संसद छल्ने उद्धेश्यले ल्याएको तथा उक्त अध्यादेश संविधानविपरीत रहेको जिकिर गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस