जेठ १९, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५४०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५३५५ मा कारोबार भएको थियो ।