• २०८३ जेष्ठ १८ गते सोमवार

संसदमा आइतबार भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न सभामुखले गठन गरे समिति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । सभामुख डिपी अर्यालले आइतबार प्रतिनिधि सभामा भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न समिति गठन गरेका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् ।

सभामुख अर्यालले आइतबारको बैठकमा संसद बैठकमा अमर्यादित व्यबहार भएको र केहि भौतिक नोक्सानी समेत भएको भन्दै सो विषयमा छानबिन गर्न समिति गठन गरेको र सात दिन भित्र प्रतिवेदन आएपछि कारवाही अगाडी बढाउन सकिने जानकारी दिएका छन् ।

विपक्षी दलहरुले आजको दोस्रो बैठक समेत अवरोध गरेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस