पौष, ६ काठमाडौँ । गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राईलाई पक्राउ गरेको हो ।

व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको एसएसपी सहकुलबहादुर थापाले बताएका छन । उनका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् ।