भदौ ११, काठमाडौं । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।