• २०८३ जेष्ठ २२ गते शुक्रवार

ठुलो मात्रामा लागुऔषध सहित ४ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले ६०० एम्पुल लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका-८ बस्ने ३६ वर्षिया गौमती सुनार, सिदार्थनगर नगरपालिका-१ बेकहिया बस्ने २६ वर्षिया प्रकाश पुन , भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षिया महबुब आलम र सोहि स्थान बस्ने ३४ वर्षिया बालेश्रर प्रजापती रहेका छन् ।

लागुऔषध नियन्त्रण अभियानमा लागि परेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले अन्तत पोखरा -२७ हमालचोक स्थित ठुलो मात्रामा लागूऔषध सहित निजहरुलाई यही पौष-०४ नियन्त्रणमा लिन सफल भएको हो । उक्त स्थानमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटि गएको प्रहरी टोलिले निजहरुलाई जेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम २०० एम्पुल ,फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔषध,भारतिय रुपैया ११,०४०।– र नेपाली रुपैया ३२४५।– सहित निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैजना उपर लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस