• २०८३ जेष्ठ २४ गते आइतवार

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ३ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोक्रो शेयर १४.९८ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको १४.८८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सानिमा डिभेन्चरको शेयर ६.६४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ७१ करोड २२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ४३ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस