• २०८३ भाद्र ५ गते शुक्रवार

दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ११, काठमाडौं । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेनमा आइतबार राती सम्पन्न यस संस्करणको आइपिएलको लिग चरणको अन्तिम खेलमा दिल्लीले ४० रनको जित हासिल गरेको हो । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछ्याएको दिल्ली १८.४ ओभरमा १६३ रनमा मात्र समेटियो ।

कोलकाताका लागि कप्तान अजिक्या राहाणेले ३९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ्स खेले । फिना एलेन २०, मनिष पाण्डे २५, रोभमन पावेल २९ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीका लुंगि एन्गेडी र कुलदिप यादवले समान ३, मिचेल स्टार्कले २ तथा कप्तान अक्षर पटेलले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ५ विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको थियो । दिल्लीका लागि ओपनर केएल राहुलले ३० बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

ओपनर अभिषेक पोरेल २२, सहिल परख २४, कप्तान अक्षर पटेल ३९, डेविड मिलर २८ रनमा आउट हुँदा आशुतोष शर्मा १८ रनमा अविजित रहे । कोलकाताका लागि सौरभ दुवेले २ तथा अनुकुल रोय, सुनिल नारेन र वरुण चक्रवर्तीले समान १ विकेट आफ्नो नाममा गरे ।

दिल्लीले जितका साथ यस संस्करणको समाप्ती गरेको छ । उसले १४ खेल खेल्दै १४ अंकका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ । कोलकाताले भने १४ खेलमा १३ अंकका साथ सातौं स्थानमा लिग समाप्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस