• २०८३ असोज १३ गते मङ्गलवार

क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत अहिले क्षेत्रीय अधिवेशन धमाधम भइरहेको छ । मंगलबार ६० भन्दा बढी जिल्लामा अधिवेशन जारी छ । क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसमा १५औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउने तयारी भइरहेको छ । केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले १५ औं महाधिवेशनको मिति यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तो पठाइसकिएको छ । तर असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षासँगैको बाढीपहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो ।

दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वहरु नजिकिइसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् ।

स्रोतका अनुसार शेरबहादुर देउवा पक्षलाई पनि समेट्ने गरी कम्तीमा एक महिनापछि महाधिवेशनको मिति सार्ने कि असोज १९ गते उद्घाटन गर्ने गरी नयाँ मिति राख्ने भन्नेमा छलफल जारी छ । देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ । सकेसम्म देउवा समूहलाई पनि एकताको महाधिवेशनमा ल्याउन सभापति गगन थापाले परामर्श थालेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस