• २०८३ भाद्र १४ गते आइतवार

बादलको संयोजकत्वमा एमालेले बनायो कार्यदल, केन्द्रीय कमिटी बैठक असारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

उक्त कार्यदललाई एक महिनाको समय दिइएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् । बैठकले बाहिर हल्ला चले जस्तो अध्यक्ष ओलीले राजीनामा दिने भन्ने हल्ला चलाइएको भए पनि बैठकमा ओलीकै नेतृत्व पार्टीलाई एकजुट भएर अगाडी बढाउने निर्णय भएको बस्नेतले जनाए ।

त्यस्तै एमालेले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने निर्णय गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवले परामर्श गरेर असार १५ देखि २० को बीचमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस