जेठ ९, काठमाडौं ।भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो । भारतीय समाचार संस्था पिटिआईका अनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य बढेर प्रतिलिटर ९९. ५१ भारतीय रुपैयाँ पुगेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ कायम गरिएको छ ।

मे १५ यता इन्धनको मूल्य बढाइएको यो तेस्रो पटक हो । लगातार भइरहेको मूल्यवृद्धिको मुख्य कारण मध्यपूर्वमा जारी तनावलाई मानिएको छ । तनावका कारण तेल आपूर्तिमा असर परेको बताइएको छ ।
यसअघि मे १५ मा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको थियो । त्यसपछि मे १९ मा करिब ९० पैसाले पुनः मूल्यवृद्धि गरिएको थियो ।