• २०८३ जेष्ठ ७ गते बिहिवार

एस्टन भिल्ल्लाले जित्यो युरोपा लिगको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । एस्टन भिल्ल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गएराती टर्कीको टुप्रास स्टेडियममा सम्पन्न फाइनल खेलमा एस्टन भिल्लाले जर्मनी क्लब एससी फ्रेइबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा योउरी टिएलेमान्स, एमिलिआनो बुएन्डिया र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए ।

एस्टन भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । अहिलेसम्म युरोपा लिगको उपाधि सबै भन्दा बढी पटक जित्ने क्लब भने सेभिया रहेको छ । सेभियाले ७ पटक उपाधि जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस