जेठ ६, भक्तपुर । ११ वर्षीया तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई भक्तपुर जिल्लाको वर्षको उत्कृष्ट खेलाडी घोषित गर्दै भक्तपुर नगरपालिकाले सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच भक्तपुर नगरपालिकाले वैभवीलाई उत्कृष्ट महिला तेक्वान्दो खेलाडीको रुपमा सम्मान गरेको हो ।

वैभवीले २०८२ सालमा थाइल्यान्ड र भारतमा भएको विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी थिइन् । साथै, वैभवीले डोजाङ, जिल्ला, उपत्यका, प्रदेश, राष्ट्रिय प्रतियोगितामा स्वर्णसहित दर्जनौं पदक जितेकी छिन् ।
वैभवीले विगत ५ वर्षदेखि निरन्तर तेक्वान्दो खेल्दै आएकी छिन् । यसक्रममा वैभवीले चार दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् ।