• २०८३ जेष्ठ ३ गते आइतवार

मुगुमा एक युवतीले गरिन आत्महत्या

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, मुगु । मुगुमा एक युवतीले आत्म हत्या गरेकी छन् । मुगुको सोरु गाउपालिका वडा न. ११ धैनका धनराज शाहिकी छोरी बर्ष १८ की कृष्णा शाही साँझ ५ ः ५३ बजे सदरमुकाम गमगढी बजारको कृष्ण चोक नजिकै रहेको गगन शाहिको ५ तले घरको छतमा राखिएको पानी ट्याङकीको याङ्गलमा सल ( दोपट्टा) को पासो लगाई आत्म हत्या गरेकी हुन ।

आफन्त बाजे नाता पर्ने गगन शाहीको घरमा कक्षा १२ को परिक्षा सकेर बस्दै आएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपि रविराज थपलियाले बताए । उनका अनुसार अस्थाई प्रहरी पोष्ट कालिका मालिका लाई घटना बारे जानकारि गराउन साथ प्रहरी सहायक निरिक्षक प्रेम सिंह कार्किको कमाण्डमा खटिएको टोलिले घटना बारे जानकारी लिएको थियो । उनका अनुसार मृतक शाहीको मुचुल्का उठाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा थप अनुसन्धान भईरहेको डिएसपि थपलियाको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस