पौष, २ कैलाली । कैलालीमा ट्याक्टरको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।
बुधबार बिहान घोडाघोडी नगरपालिका-१० मा से १ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका-४ स्थायी ठेगाना भई हाल कैलालीको घोडाघोडी नगरपालिका-११ बस्ने १३ वर्षीय बिशाल बलामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।