• २०८३ बैशाख ३१ गते बिहिवार

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डिपी अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएपछि विपक्षी दलहरुले अवरोध गरेपछि वैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

अवरोध बारे जानकारी दिदै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री जवाफ दिन नआएमा आफुहरुको अवरोध कायम रहने बताएकी छन् ।

सरकारले आजै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस