वैशाख ३१,सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ कडरिया चौकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । गए राति करिब ११:१५ बजेको समयमा गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न नसकेको र मागी खाने व्यक्ति जस्तो देखिने प्रहरीले उल्लेख गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको छ । दुर्घटनामा संलग्न बस र चालक उदयपुरको त्रियुगा नगरपालिका–१० बसबारी निवासी ३५ वर्षीय कृष्णबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।