• २०८३ बैशाख ३० गते बुधवार

ट्रम्पको बेइजिङमा भव्य स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको बेइजिङ विमानस्थलमा भव्य स्वागत गरिएको छ, जसमा विशेष सम्मान र औपचारिक कार्यक्रम राखिएको थियो।

ट्रम्पको चीन भ्रमणलाई उच्च महत्व दिएको संकेतस्वरूप उनको स्वागतमा उपराष्ट्रपति हान झेङ विमानस्थलमा उपस्थित भएका थिए । हानलाई सीका विशेष कूटनीतिक प्रतिनिधिका रूपमा हेरिन्छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निर्णय गर्ने निकायका पूर्व सदस्यसमेत हुन् । गत वर्ष उनले ट्रम्पको राष्ट्रपतीय सपथ समारोहमा पनि सहभागिता जनाएका थिए ।

ट्रम्पको स्वागतका लागि चीनका लागि अमेरिकी राजदूत डेभिड पर्ड्यु, अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ तथा चीनका कार्यकारी उपविदेशमन्त्री मा झाओशु पनि विमानस्थलमा उपस्थित थिए ।

विमानस्थलमा करिब ३०० चिनियाँ युवायुवती निलो र सेतो पोशाकमा हातमा चिनियाँ झण्डा बोकेर स्वागतका लागि उभिएका थिए । त्यहाँ सैनिक सम्मान गारद र सैनिक बाजा टोलीको समेत व्यवस्था गरिएको थियो ।

राष्ट्रपति सी चिनफिङले बिहीबार बिहान स्थानीय समयअनुसार ट्रम्पलाई औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस