• २०८३ असार ७ गते आइतवार

झापामा बस र टिपर आपसमा ठोक्किदा १० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, झापा । झापामा बस र टिपर आपसमा ठोक्किदा १० जना घाइते भएका छन् । झापाको गौरादह-५ स्कुलचन बजारस्थित भित्रि सडकमा दमकबाट चप्रामारीतर्फ जादै गरेको मे १ ख २४९९ नम्बरको बस र मधुमुल्लाबाट दामुनातर्फ जादै गरेको प्रदेश नम्बर २- ०३-००१ ख ७१५३ नम्बरको टिपर एक आपसमा ठोक्किदा बसमा सवार १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको नगर अस्पताल गौरादहमा र १ जनाको निम्स असपताल दमकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस