• २०८३ बैशाख २० गते आइतवार

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ बस्ने ६३ वर्षीय मक्क बहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस