वैशाख १९, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने बताइएको छ ।