• २०८३ असार १ गते सोमवार

थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्। सरकारले डोजर चलाएर बस्ती भत्काएपछि प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका ती व्यक्तिले शुक्रबार नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनापछि शवलाई बागमती नदीबाट निकालिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार उनी सामान सार्ने क्रममा अचानक नदीमा हाम फालेको हुनसक्ने बताएको छ।

यसअघि पनि सोही बस्तीमा १७ वर्षीय एक किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस