• २०८३ बैशाख १८ गते शुक्रवार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८१० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस