वैशाख १७, काठमाडौं । सन् २०२३ अक्टोबरदेखि जारी द्वन्द्वमा हालसम्म ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

मन्त्रालयले सन् २०२५ अक्टोबरमा युद्धविराम घोषणा भएपछि हालसम्म ८२४ जनाको मृत्यु भएको र २ हजार ३१६ जना घाइते भएको जनाएको छ । यसैगरी, सन् २०२३ अक्टोबरदेखि सुरु भएको यो सम्पूर्ण द्वन्द्वमा हालसम्म ७२ हजार ६०१ जनाको मृत्यु भएको छ भने १ लाख ७२ हजार ४१९ जना घाइते भएका छन्।