• २०८३ असार १ गते सोमवार

विपी राजमार्ग पुन: बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । वर्षापछि विपी राजमार्ग पुन: बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको बिभिन्न स्थानहरुमा अत्यधिक ठूलो पानी परिरहेको हुनाले बीपी राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि सवारी आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।

मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा राजमार्ग सुचारु गरिने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस