मंसिर २९, रोल्पा । विद्यार्थीसँग अध्यक्ष कार्यक्रम आज अन्तर्गत आज रामेश्वरी माध्यािमक विद्यालय घोडागाउँमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो, गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के के रहेका छन् भन्ने यथार्थ वुझ्नका लागि नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।

विद्यालयको प्राङ्गनमा पुग्दा पहिलो घण्टी लागि सकेको थियो अध्यक्ष सहित गाउँ कार्यपालिका सदस्य तुलसी सुनार, शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल र प्रध्यानाध्यापक रेगम जि.सी.लाई लिएर अध्यक्ष कक्षा १० भित्र छिर्नुभयो, पहिलो घण्टीमा अंग्रेजी बिषयको पढाइ चलिरहेको थियो । अध्यक्ष घर्ती सहितको टोलि कक्षा कोठाको प्रवेश गरि अन्तिम बेन्चमा विद्यार्थी झै बस्नु भयो र अङ्ग्रेजी विषयको कक्षा लिनु भयो अगाडि शिक्षिका सरस्वती रायले पढाइ नै रहनुभयो । ११ बजे दोश्रो घण्टी लाग्यो र शिक्षिकाले आफ्नो दैनिक कोर्स अनुसार पहिलो घण्टि सक्याउनुभयो र शिक्षिकासँग अध्यक्ष सहितको टोलि सुझाव तथा सल्लाह दिनुभयो र शिक्षिका कक्षा बाहिर निस्कनुभयो ।

दोश्रो घण्टि विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका लागि अनुमति लिदै अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले समग्र कार्यक्रमबारे विद्यार्थीहरुलाई प्रष्ट पारि अन्तक्रिया कार्यक्रमको फलर ओपन गर्नुभएको थियो । विद्यार्थीहरुले क्रमश आफ्नो जिज्ञासाहरु राख्नुभएको थियो भने अध्यक्ष, कार्यपालिका सदस्य तथा शिक्षा शाखा प्रमुख विद्यार्थीहरुबाट आएका जवाफहरुको प्रष्टसँग जवाफ दिनुभएको थियो र विद्यार्थीहरुले उठाएको समस्याहरुको समेत समाधान गर्नुभएको प्रेस संयोजक भारद्धाजले बताउनुभयो ।