• २०८३ बैशाख १५ गते मङ्गलवार

काठमाडौँको सिनामंगलबाट मृगको छाला सहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १५, काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट अवैध वन्यजन्तु मृगको जस्तो देखिने छाला ३ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका भैरवी महांकाल बस्ने झापा मेचीनगर नगरपालिका-११ धाइजन घर भएका २८ वर्षीय बिजय उप्रेती र २७ वर्षीय बिशाल उप्रेती रहेका छन् ।

काठमाडौं सिनामंगलस्थित वन्यजन्तुको छाला समेतका सामग्रीहरू बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस