वैशाख ८, काठमाडौं । युएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाउदै १२८ रन बनाएको हो ।

युएईका लागि आकाशदीप नाथले अविजित ५३ रन बनाए भने मुहमद अरफानले ३२ र अडीब उस्मानीले ३० रन बनाए ।
त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ तथा नन्दन यादव र सहाब आलमले एक एक विकेट लिए ।