• २०८३ बैशाख ८ गते मङ्गलवार

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुरले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । विशेषगरी व्यापार र लगानी क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार काठमाडौँ आएका कपुरले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । उनले सोमबार रास्वपा सभापति रवि लामिछाने भेटवार्ता गरेका थिए भने व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस