• २०८३ जेष्ठ ६ गते बुधवार

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौं । प्रहरीले कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका(१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस