• २०८३ बैशाख ८ गते मङ्गलवार

आइपिएलमा गुजरातमाथि मुम्बई ९९ रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । मुम्बई इण्डियन्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले गुजरातलाई ९९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १५.५ ओभरमा अल आउट हुदै १०० रन मात्र बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले २६ र शाहरुख खानले १७ रन बनाएका थिए ।

त्यस्तै मुम्बईका बलर अश्वानी कुमारले ४ विकेट लिए भने मिचेल सान्टनर र एएम घजानफारले २-२ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले तिलक बर्माको १०१ रनको शतकीय पारी र नमन धीरको ४५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

यो मुम्बईको ६ खेलमा दोस्रो जित हो । त्यस्तै गुजरातको ६ खेलमा यो तेस्रो हार हो ।

Sharing

प्रतिक्रिया दिनुहोस