• २०८३ जेष्ठ २७ गते बुधवार

कोहलपुरका बिबादित डिएसपी शाहीको सुर्खेत गणमा सरुवा कोहलपुरमा डिएसपी चन्द आउने

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा (क्राईमबिट)
मंसिर २७ बाँके प्रहरी प्रधान कार्यालय  इलाका प्रहरी कार्यालयले कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो।

कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ। केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके तानिएको थियो।
बाँकेपछि उनलाई सुर्खेत गण पठाइएको हो। केहीदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएका शिववहादुर सिंहलाई जिप्रका बाँकेमै लगिएको छ।
प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोलिले गत कात्तिक दोस्रो साता लोडेड अत्याधुनिक पेस्तोलसहित नेपाली काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई पक्राउ गरेको थियो ।
उनको साथबाट त्यतीबेला बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिन बरामद गरेको थियो ।
शाहलाई अहिले जिल्ला अदालत बाँकेले कारागार चलान गरिसकेको  छ ।

Sharing

प्रतिक्रिया दिनुहोस