• २०८३ बैशाख १६ गते बुधवार

तारकेश्वर कोरोना अपडेट : तारकेश्वरमा निको हुनेको संख्या छ सय २० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौविस घण्टामा थप १६ जना महिला र १३ जना पुरुष गरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तारकेश्वर नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि तारकेश्वरमा हालसम्म ७९७ जना महिला र ९८५ जना पुरुष गरि कुल १७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तारकेश्वरमा हालसम्म एक हजार ५६० जनामा एन्टिजोन परिक्षण गरेकोमा ३०४ जनामा पोजेटिभ देखिएको छ । हाल नगरपालिकामा ५१४ जना महिला र ६११ जना पुरुष गरि एक हजार १२५ जना संक्रिय संक्रमित रहेका छन । तारकेश्वरमा हालसम्म ६२० जनाले कोरोनालाई जितेका छन । जसमा २६४ जना महिला र ३५६ जना पुरुष रहेका छन । तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ८ जना उपचाररत छन । यस्तै उक्त आइसोलेसनबाट १७ जना निको भएर फर्किएका छन ।

कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि तारकेश्वरमा हालसम्म ३७ जनाको मृत्यु भएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस