• २०८३ जेष्ठ २ गते शनिवार

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने महानगरको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४, काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानबाट संग्रहालय पुगेका मूर्तिहरुलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर घर फिर्ता गर्ने निर्णय भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, साझेदार कार्यालयका अधिकारी, जनप्रतिनिधि र समुदायमा प्रतिनिधि बिच भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यस क्रममा विश्व सम्पदा दिवस २०८३ का अवसरमा महागौरी/पार्वतीको मूर्ति पुन:स्थापना गर्ने निर्णय भएको छ । मरुबाट चोरी भएको स्थानमा मूर्ति पुनःस्थापना गर्न का. म. पा. वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्व समिति गठन भएको छ । यस अनुसार भोलि मूर्ति पुन:स्थापना गर्ने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस