वैशाख ४, काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो ।

यस सिजनको युरोपा लिगमा एस्टन भिल्ला, एससी फ्रेइबर्ग, नोट्टीङघम फरेस्ट र ब्रागा पुगेका छन् । पोर्चुगलको क्लब ब्रागाले स्पेनिस क्लब रियल बेटिसलाई समग्रमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने जर्मनीको क्लब एससी फेईबर्गले स्पेनिस क्लब सेल्टा भिगोलाई समग्रमा ६-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा ब्रागा र एससी फेईबर्गबीच खेल हुने छ ।
त्यस्तै इङलिश प्रिमियर लिग क्लब एस्टन भिल्लाले इटालियन क्लब बोलोग्नालाई समग्रमा ७-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने प्रिमियर लिग क्लब नोट्टीङघम फरेस्टले पोर्चुगीच क्लब पोर्टोलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा एस्टन भिल्ला र नोट्टीङघम फरेस्ट खेल्ने छन् ।
युरोपा लिगका सेमिफाइनलको पहिलो लिग अप्रिल ३० र दोस्रो लिग मे ७ मा हुने तालिका रहेको छ ।