• २०८३ असार ७ गते आइतवार

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरेको हो ।

डेपुटी गभर्नरका लागि दुईवटा पद खाली रहेपनि मन्त्रिपरिषद् बैठकले आज एक जना मात्र नियुक्त गर्ने निर्णय गरेको हो ।

डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस