• २०८३ बैशाख १५ गते मङ्गलवार

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४ , काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने धनुषा घर भएका ५१ वर्षीय जिवन कुमार ठाकुर र २७ वर्षीय निहाल ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरूमध्ये जिवन कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ भने निहाललाई प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस