• २०८३ मङ्सिर ४ गते बिहिवार

कोलकोता र पञ्जावबीचको खेल बर्षाले रद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४ , काठमाडौं । जारी आइपिएल अन्तर्गत कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीचको खेल वर्षाले रद्ध भएको छ । गएराती कोलकोताको इडन गार्डेनमा बर्षाका कारण खेल रद्ध भएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले ३.४ ओभरमा २ विकेट गुमाउदै २५ रन बनाउदा बर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुने सम्भावना बनेन र खेल रद्ध गरिएको थियो । खेल रद्ध भएपछि दुवैले एक एक अंक बाडेका छन् ।

यो खेलपछि कोलकोताले पहिलो अंक हासिल गरेको छ । कोलकोताको ३ खेलमा एक अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जाव किंग्सको भने ३ खेलमा ५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस