चैत २२, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको प्रतिष्ठित अवार्ड सगरमाथा म्युजिक अवार्ड मा यस वर्ष गितकार रोहन पौडेल मनोनित भएका छन्। पौडेलको शब्द सिर्जनाले पछिल्लो समय दर्शक तथा स्रोतामाझ राम्रो लोकप्रियता हासिल गर्दै आएको छ। सोही योगदानको कदर गर्दै उनलाई अवार्डका लागि मनोनयन गरिएको आयोजकले जनाएको छ।

अवार्ड विजेता छनोटमा दर्शकको भोट पनि निर्णायक रहने भएकाले उनलाई जिताउन सर्वसाधारणलाई भोट गर्न आग्रह गरिएको छ। यस अवार्डले नेपाली संगीत क्षेत्रका उत्कृष्ट सर्जक, गायक तथा प्राविधिकहरूलाई सम्मान गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धा पनि कडा हुने अपेक्षा गरिएको छ।
आयोजकले सबैलाई आफ्ना मनपर्ने कलाकारलाई समर्थन गर्न आधिकारिक माध्यमबाट भोट हाल्न अनुरोध गरेको छ।