• २०८३ असार १ गते सोमवार

नेपाली नागरिकको नामबाट क्रिप्टो करेन्सी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई नेपाली नागरिकलाई ठगी गर्ने आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी विश्वासमा पारेर नेपालीहरूको बैंक खाता प्रयोग गर्दै ठगी गर्ने र सो रकमलाई क्रिप्टो करेन्सी मार्फत कारोबार गर्ने गरेको सूचनाका आधारमा कारबाही गरिएको हो ।

सोही क्रममा काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट करिब १७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको विवरण, तीन थान मोबाइल तथा रकम पठाउन प्रयोग गरिने कागजात बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस