• २०८३ बैशाख १९ गते शनिवार

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २०२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १८२ पर्ने भएको छ । निगमले मार्च १६ देखि ३१ सम्म भारतबाट बढेर आएको इन्धनको मूल्यका कारण निगमलाई १३ अर्ब २१ करोड घाटा भएको बताएको छ ।

यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ र डिजलमा १२०.५४ रुपैयाँ घाटा रहेको बताएको छ । साथै एलपी ग्याँस प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको निगमले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस