• २०८३ जेष्ठ ३ गते आइतवार

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् । पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टीजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस