• २०८३ जेष्ठ २४ गते आइतवार

नेपाल लाओससँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४७औं मिनेटमा लाओसका बोउनफानचानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जित पछि लाओसको ६ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ भने नेपालले ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ । नेपाल र लाओस दुवै छनौट चरणबाट भने यसअघि नै बाहिरिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस