• २०८३ बैशाख ९ गते बुधवार

लुम्बिनीविरुद्ध सुदूरपश्चिम १२ रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । सोमबार पर्सामा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.२ ओभरमा अल आउट हुदै १५६ रन बनाएको थियो । लुम्बिनीका लागि सन्तोष यादवले ६७ रन बनाए भने ध्रुव सुनारले ३६ रन बनाएका थिए ।

त्यस्तै सुदूरपश्चिमका बलर खड्क बोहोरा र शेर मल्लले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ४५.४ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दिपक बोहोराले ३० र हेमन्त धामीले २९ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर सन्तोस यादव र अजय चौहानले ४-४ विकेट लिएका थिए ।

यो जितपछि सुदूरपश्चिम ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लुम्बिनीको ४ खेलमा ३ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस