चैत १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।
जस अनुसार
अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले,
परराष्ट्र मन्त्रीमा शिशिर खनाल,
सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल,
गृहमन्त्रीमा सुदन गुरुङ,
कानुनमन्त्रीमा सोबिता गौतम,
उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह,
भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल,
उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ,
स्वास्थ्य मन्त्रीमा निशा मेहता,
महिला बालबालिका मन्त्रीमा सीता वादी,
पर्यटनमन्त्रीमा गणेश पौडेल