• २०८३ बैशाख २१ गते सोमवार

महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने काँग्रेसको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सभापति गगन थापाले पेश गरेको महाधिवेशनको कार्यतालिकामा संशोधन गर्दै असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

यस अघि सभापति थापाले भदौ २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेका थिए । प्रवक्ता चालिसेले १५औँ महाधिवेशनको प्रक्रिया चैत २३ गतेदेखि सुरू हुने जानकारी दिदै २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताए । बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

यस्तो छ महाधिवेशनको कार्यतालिका-

12
3

Sharing

प्रतिक्रिया दिनुहोस