• २०८३ जेष्ठ २० गते बुधवार

आज चैते दशैको घटस्थापना, कति बेला छ शुभसाइत ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । आज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ । चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ ।

चैते दशैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ ।

बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस