• २०८३ बैशाख २३ गते बुधवार

काँग्रेस केन्द्रीय अनुशासन समितिले के निर्णय गर्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको छ ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

त्यस्तै कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि — २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस