मंसिर १५, धरान । धरान उपमहानगरपालिकाको चुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली कांग्रेसले पछाडि पारेको छ । मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ७०७ मतले पछाडि पारेका छन् ।
यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन् ।